काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ७ गते सोमबार विश्वासको मत लिदै हुनुहुन्छ । चौथो पटक विश्वासको मत लिनेबारे उहाँले सभामुख देवराज घिमिरेलाई बिहीबार साँझ जानकारी गराउनु भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले दिनुभएको छ ।
जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लाग्नु भएको हो । सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??