काठमाडौं ।
तनहुँको बन्दीपुर-२ सुलेरहमा शनिबार पौडी खेल्ने क्रममा डुबेर दुई युवाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बन्दीपुर-६ बस्ने २० वर्षीय विनोद गुरुङ र सोही स्थानका अन्दाजी २० वर्षीय हीरा गुरुङको डुबेर मृत्यु भएको हो ।
६ जना साथी मिलेर पौडी खेल्न गएका मध्ये उनीहरूको डुबेर मृत्यु भएको र बाकी ४ जना सकुशल रहेको प्रहरीले जनाएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??