spot_img
spot_img
spot_img

पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ

spot_img

काठमाण्डौ ।

पशुपतिनाथको मन्दिरको भेटी चोरी गर्ने आठ जनालाई प्रहरीले पक्राउ परेको छ । मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्नेहरु पक्राउ परेको पशुपति क्षेत्र विकास कोषले जानकारी गराएको हो ।

पक्राउ पर्नेहरुमा कोषका नायव सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मणहरू नवराज घिमिरे, राम सापकोटा र लक्ष्मण सापकोटा, बाजा बजाउने कर्मचारीहरू अनिल परियार, सनिष कपाली र कुमार दमाई रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको पनि प्रहरीको भनाई छ ।

मन्दिरको भेटी गन्दा चोरी गर्दै गरेका उनीहरुलाई सिसि क्यामेराबाट हेरेर रंगेहात पक्राउ गरिएको हो । पक्राउ परेका अनिल परियारले कोषाध्यक्ष नारायण सुवेदीको निर्देशनमा रकम लुकाउने गरेको बयान दिएका छन् । दैनिक तीन हजारदेखि १५ हजार रुपैयाँसम्म लुकाउने गरेको पनि उनले बताएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img