काठमाण्डौ ।
विश्वको हालसम्मको सबैभन्दा पाको जीवित गुरिल्लाले हालै आफ्नो ६७औं बर्थडे मनाएको छ । जर्मनीको बर्लिन चिडियाखानामा सन् १९५९ को मे महिनामा ल्याइएको उक्त पोथी गुरिल्लाको नाम फातोउ हो । वेस्टर्न लो ल्याण्ड प्रजातिको उक्त गुरिल्लाको औसत आयु ४० देखि ५० वर्षसम्म हुने गर्दछ । तर, ६७ वर्षको भैसक्दा पनि फातोउ अझै स्वस्थ छ ।
जन्मदिनको दिन चिडियाखानाका कर्मचारीहरुले उसलाई उपहार स्वरुप फलफूल र तरकारी भरिएको टोकरी दिएका थिए । त्यसमा फातोउले निकै मन पराउने पालुंगोको साग, बेरी, खरबुजा तथा खान मिल्ने फूलहरु राखिएको थियो । चिडियाखानाका पशुचिकित्सक डाक्टर एन्ड्रे शुल भन्छन्- सामान्यतया हामीले हाम्रा जनावरहरुको राम्रो पोषणमा निकै ध्यान दिन्छौं । अझ फातोउजस्ता बुढा जनावरहरुको हकमा चाहिं विशेष रुपमा खानेकुराको बन्दोबस्त गर्दछौं ।
फातोउलाई निकै नरम खानेकुरा चाहिन्छ ताकि दाँत नभएपनि उसलाई खान सजिलो होस् ।