spot_img
spot_img
spot_img

सिटीसँग बदला लिँदै युनाइटेडलाई एफए कपको उपाधि

spot_img

काठमाण्डौ ।

गत सिजनको फाइनलमा बेहोरेको हारको बदला लिँदै म्यानचेस्टर युनाइटेडले शनिबार चिरप्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई हराएर एफए कपको उपाधि जितेको छ । रोचक कुरा, गत सिजनको फाइनलमा १–२ गोल अन्तरले पराजित भएको युनाइटेडले उक्त स्कोरलाई उल्टाउँदै २–१ ले विजयी बनेको हो । खेलको ३० औँ मिनेटमा अलेहान्द्रो ग्रानाचोले युनाइटेडलाई अग्रता दिलाएका थिए । ३९ औँ मिनेटमा कोबी माइनोले टोलीको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा सिटीले सुधारिएको खेल प्रदर्शन गर्दै युनाइटेडमाथि दबाब बढाएको थियो । गोलका लागि थुप्रै प्रयास गरे पनि टोली सफल भने हुन सकेको थिएन । खेलको अन्त्यतिर जेरेमी डोकुले सिटीका लागि एक गोल फर्काए पनि त्यति बेलासम्म धेरै ढिला भइसकेको थियो । युनाइटेडले एफए कपको उपाधि जितेको यो १३ औँ पटक हो । युनाइटेडभन्दा आर्सनल (१४ पटक) ले मात्र धेरै पटक यो प्रतियोगिता जितेको छ । योसँगै युनाइटेड युरोपा लिगका लागि छनोट भएको छ ।

-एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img