spot_img
spot_img
spot_img

फाइनलमा पहिलो पटक भिड्दै कोलकाता र हैदराबाद

spot_img

काठमाण्डौ ।

ईन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को फाइनल खेल आज कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादबिच हुँदैछ । खेल चेन्नईको एमए चिदम्बरम स्टेडियम (चेपौक)मा साँझ ७:४५ बजे सुरु हुनेछ । यी दुई टोलीबिच यस सिजनको क्वालिफायर–१ पनि भिडन्त भएको थियो, जसमा कोलकाता ८ विकेटले विजयी भएको थियो । फाइनलमा भने कोलकाता र हैदराबाद पहिलो पटक भिड्न लागेका हुन।

कोलकाता चौथो पटक र हैदराबाद तेस्रो पटक फाइनल खेल्न लागेको छ । कोलकाताले दुई वर्षपछि र हैदराबादले पाँच वर्षपछि फाइनल खेल्नेछन्।

  • कोलकाताको २ उपाधि

कोलकाताले दुई पटक आईपीएलको उपाधि जितेको छ। यस सिजन लिग चरणमा कोलकाताले १४ मध्ये ९ खेलमा जित हात पारेको थियो भने ३ खेलमा मात्रै हार बेहोरेको थियो । टोली २० अङ्कसहित नम्बर १ बनेर प्लेअफमा पुग्न सफल भयो । यससँगै पहिलो क्वालिफायरमा कोलकाताले हैदराबादलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

-एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img