काठमाण्डौ ।
सरकारले आजदेखि पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्दैछ । स्वास्थ्य सेवा विभागका अनुसार पोलियो रोगविरुद्धको ’आईपीभी’ खोप अभियान आज आइतबारदेखि जेठ २६ गतेसम्म सञ्चालन हुनेछ ।
अभियानमार्फत छुटेका बालबालिकालाई आईपीभी खोप दिन लागिएको हो । अहिले देशभरका १४ लाख ६२ हजारभन्दा धेरै बालबालिकालाई खोप दिने सरकारको लक्ष्य रहेको छ । पोलियो रोग पोलियो भाइरसबाट हुने एक सरुवा रोग हो । यो रोग लागेमा विभिन्न लक्षणसहित पक्षघात हुने र मृत्युसमेत हुन सक्छ। पोलियो विषाणुले मुख्य गरी साना बालबालिकालाई संक्रमित बनाउने गर्छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??