काठमाडौं ।
धनुषाको जनकपुरधाममा पोखरीमा डुबेर दुई बालकको ज्यान गएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठाका जयनारायण महतोका ६ वर्षीय छोरा शिवनन्दन महतो र राकेश पासवानको ६ वर्षीय छोरा आदित्य पासवानको मृत्यु भएको हो ।
हिजो शनिबार बिहान घर नजिकैको एउटा पोखरीमा नुहाउने क्रममा दुवै जना बालक डुबेका हुन ।उनिहरुलाई डुबेको देखेपछि स्थानीयले उद्धार गरेका उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएकोमा चिकित्सकले मृत घोषणा गरेको हो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??