spot_img
spot_img
spot_img

यो हो विश्वको सबैभन्दा सानो जेल

spot_img

काठमाण्डौ ।

विश्वको सबैभन्दा सानो जेल कहाँ छ तपाईँलाई थाहा छ ? यो जेल बेलायतको सबैभन्दा सानो सबैभन्दा सानो टापुमा छ । यो जेल यति सानो छ कि यसमा दुई जना कैदी मात्रै बस्न मिल्छ । जेल १६८ वर्षअघि बनाइएको थियो । सार्क प्रिजन इङ्गलिस च्यानको सार्क टापुमा छ। यो टापु २ दशमलव १ वर्ग माइलमा फैलिएको छ । सन् २०२३ मा भएको जनगणनाअनुसार यस टापुमा ५६२ जना बस्छन् । टापुमा खासै अपराध नहुने भएकोले जम्मा २ जना प्रहरीलाई मात्रै खटाइएको छ ।

टापु बेलायत र फ्रान्सको बिचमा छ । यो टापुलाई केहीले च्यानल आइल्यान्डको गहना पनि भन्छन् । यति सानो भएर पनि यो जेल अझै पनि प्रयोगमा छ । यो जेल निर्माणको कथा पनि रोचक छ ।

सन् १९३२ मा अदालतले यो जेल बनाउन आदेश दिएको थियो । तर यसलाई बनाउन २४ वर्ष लाग्यो । जेल बनाउन कसैसँग पैसा नभएकोले यति लामो समय लागेको बताइन्छ । जेलभित्र ६ बाई ६  फिट र ६ बाई ८ फिटको दुई कोठा छन् ।

-एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img