काठमाण्डौ ।
पूर्वी दिल्लीको विवेक बिहारस्थित नवजात शिशु विहारस्थित नवजात शिशु स्याहार केन्द्रमा अस्पतालमा शनिवार अबेर रात भएको आगलागीमा ७ नवजात शिशुको मृत्यु भएको छ ।बेबी केयर सेन्टरमा आगो लाग्ने बित्तिकै स्थानीयहरूको सहायतामा उद्धार कार्य थालिएको थियो । १२ शिशुको उद्धार गरिएको भए पनि एकको उद्धारको क्रममै मृत्यु भइसकेको थियो। अरू ६ जनाको अर्को अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
बाँकी ५ मध्ये पनि एकको हालत गम्भीर रहेको बताइएको छ । रित्ता अक्सिजनको सिलिन्डर भर्ने क्रममा पड्किँदा सो दुर्घटना भएको बताइएको छ । तीन तले सो भवनको भूइँतलामा अक्सिजनको अवैध रिफिलिङ हुने गरेको थियो । अक्सिजनको सिलिन्डर भर्ने क्रममा विस्फोट भएको र एक पछि अर्को गर्दै अनेकौँ विस्फोटको आवाज सुनिएको बताइएको छ ।
दिल्लीका मुख्यमन्त्री केजरीवालले के भने ?
केजरीवालले यो घटनालाई हृदयविदारक भनेका छन् । ‘बाल अस्पतालमा भएको आगलागीको घटना हृदयविदारक छ । यस दुर्घटनामा आफू नवजात शिशु गुमाउनेहरूको साथमा छौं ।’ एक्सको एक पोस्टमा अरविन्द केजरीवालले भनेका छन् । घटनाको पछाडिको कारणको अनुसन्धान भइरहेको र यस लापरबाहीको लागि जिम्मेवार जोसुकैलाई उन्मुक्ति नदिइने पनि उनले बताएका छन् । -एजेन्सी