काठमाण्डौ ।
आज गणतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । २०६५ साल जेठ १५ गते संविधानसभाबाट नेपालमा राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको १५ वर्ष पूरा भएको खुसियालीमा आज देशभर यो दिवस मनाईदैछ ।
२०६२÷०६३ को आन्दोलनपछि निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरको हो । त्यस यताका १५ वर्षमा मुलुकमा नयाँ संविधान निर्माण तथा दुई पटक संघीय र स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??