काठमाण्डौ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको अवसरमा महिला ट्राफिक प्रहरीको विदा सुविधाको लागि महत्वपूर्ण घोषणा गरेका छन् ।
सामाजिक सञ्चालमा स्टाटस लेख्दै उनले अबदेखि महिनावारीका ४ दिन महिला ट्राफिक प्रहरीलाई सडकमा ड्यूटी नखटाउने उनले लेखेका छन् । उनीहरूको ठाउँमा मापसेलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूले स्वयंसेवकको रूपमा सडकमा सवारी व्यवस्थापनमा सघाउने लामिछानेले बताएका छन् । गणतन्त्र दिवसको दिन सानो कामको सुरुवात भन्दै गृहमन्त्री लामिछानेले फेसबुक मार्फत जानकारी गराएका हुन ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??