spot_img
spot_img
spot_img

रेमल चक्रवात : पहिरोमा परी मिजोरममा २७ जनाको मृत्यु

spot_img

काठमाण्डौ ।

भारतको मिजोरमको राजधानी आइजवलमा रेमल चक्रवाती आँधीका कारण आएको पहिरोमा परी २७ जनाको मृत्यु भएको छ । मिजोरम सरकारको सूचना तथा जनसम्पर्क विभागले यो जानकारी दिएको हो । मिजोरम सरकारको सूचना र जनसम्पर्क विभागले सोशल मिडिया प्लेटफर्म एक्समा पोस्ट गरेको छ, ‘आइजवलमा चक्रवात रेमलका कारण गएको पहिरोमा २७ जनाको मृत्यु भएको छ।’ पूर्वाधारमा क्षति पुगेपछि खानेपानी र विद्युत् आपूर्तिमा पनि असर पर्ने विभागको भनाई छ ।

‘मिजोरमका मुख्यमन्त्रीले राज्य विपद् कोषको लागि १५ करोड रुपैयाँ विनियोजन गरेका छन्,’ विज्ञप्तिमा भनिएको छ। पहिरोमा परी ज्यान गुमाएका परिवारलाई चार लाख रुपैयाँ क्षतिपूर्ति दिइने भएको छ । चक्रवाती आँधी रेमलका कारण मिजोरममा भारी वर्षा भइरहेको छ। मिजोरमका प्रहरी महानिर्देशक (डीजीपी) अनिल शुक्लाले समाचार एजेन्सी पीटीआईलाई धेरै ठाउँमा बिजुलीका पोल र रूखहरू पनि ढलेको जानकारी दिएका छन्।

-एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img