काठमाण्डौ ।
पश्चिमी भारतीय राज्य राजस्थानमा भीषण गर्मीको लहरका कारण ६ जनाको मृत्यु भएको अधिकारीहरूले मङ्गलबार बताएका छन् । राज्यमा तापक्रम ४९ डिग्री सेल्सियस पुगेपछि मृत्यु हुनेको खबर आएको हो । राजस्थानका लगभग सबै ठाउँमा ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम दर्ता गरिएको छ । स्थानीय सरकारले गर्मी मौसममा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
भारतका ठुलो क्षेत्र हाल गर्मीको लहरको चपेटामा छ । यसबाट मानिसहरूको स्वास्थ्य र जीविकोपार्जनमा गम्भीर असर पारेको छ । गत महिना भारतीय मौसम विभागले देशले अप्रिलदेखि जुनसम्म चरम गर्मीको सामना गर्ने र मध्य तथा पश्चिमी प्रायद्वीप क्षेत्रहरू सबैभन्दा बढी प्रभावित हुने अनुमान गरेको थियो ।
-एजेन्सी