spot_img
spot_img
spot_img

नारायणगढ–बुटवल सडक खण्ड: सडकको काम एक हप्ताभित्र सक्न निर्देशन

spot_img

बुटवल ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको काम एक हप्ताभित्र सक्न निर्देशन दिईएको छ । सडक आयोजना र ठेकेदार कम्पनीबिच भएको छलफलमा तीन दिनभित्रमा काम शुरु गरेर एक हप्ताभित्र सक्न जिल्ला प्रशासन कार्यालयले ठेकेदार कम्पनीलाई निर्देशन दिइएको छ। सडक मर्मत र विस्तारको काम चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पाेरेसन प्रालिले गरिरहेको छ। ठेकेदार कम्पनीले नारायणगढ–बुटवल सडकखण्डको काम एक हप्ताभित्र मर्मत नसकेमा सडक आयोजनाले हस्तक्षेप गर्ने बताईएको छ ।

साढे तीन वर्षमा काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनी आफैँले मर्मत गर्ने गरी २०७५ को अन्त्यमा नारायणगढ–बुटवल सडकखण्ड विस्तार र मर्मतको काम शुरु भएको हो । तर अझसम्म उक्त सडकखण्ड निर्माण नहुदा यात्रुले दिन कै सास्ती बेहोर्नु परेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img