काठमाडौं ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले देशमा रोजगारीको ठूलो समस्या रहेको बताउनुभएको छ। उहाँले रोजगारी सिर्जना गर्न उद्योगी व्यवसायीहरुसँग आग्रह गर्दै रोजगारको खोजिमा युवा पुस्ता भौंतारिरहेको अवस्थालाई हेरेर स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बताउनुपर्नेमा जोड दिनुभयो ।
शनिबार जनधपुरमा श्रमाधान मेलाको उद्घाट गर्दै मन्त्री अर्यालले यस्तो बताउनुभएको हो। मन्त्री अर्यालले देशभरको तुलनामा मधेस प्रदेशमा रोजगारीको समस्या विकराल रहेको बताउनुभयो । उहाँले मेलाले श्रमिक र रोजगारदाताका समस्या आवश्यकताबारे बुझ्ने र दीर्घकालीन रूपमा श्रम क्षेत्रका समस्या सामधानका लागि महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको थियो ।