काठमाण्डौ ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। कक्षा १० ले हाल विद्यार्थीको उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षणको काम सकेर इन्ट्री तथा टेबुलेसनको काम गरिरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
परीक्षा नियन्त्रक नन्दलाल पौडेलले अहिलेको प्रगती असार दोस्रो हप्ताभित्र नतिजा सार्वजनिक गर्न सकिने उल्लेख गर्नुभयो । २०८० चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा ५ लाख बढी परीक्षार्थी सहभागी भएका थिए ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??