spot_img
spot_img
spot_img

रियललाई रेकर्ड १५ औँ च्याम्पियन्स लिगको उपाधि

spot_img

काठमाण्डौ ।

रियल मड्रिड पुनः एकपटक युरोपको च्याम्पियन बनेको छ । शनिबार राति भएको खेलमा जर्मन क्लब बोरुसिया डर्टमन्डलाई पाखा लगाउँदै रियलले रेकर्ड १५ औँ पटक उपाधि जित्न सफल भएको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरेको रियलले ७४ औँ मिनेटमा अग्रता लियो । टोनी क्रुसको कर्नरमा ड्यानी कार्भाहालले गोल गर्दै रियललाई अग्रता दिलाए ।

नौ मिनेटपछि जुड बेलिङह्यामको पासमा गोल गर्दै भिनिसियस जुनियरले रियलको जित सुनिश्चित गरे । योसँगै वेम्बलेमा डर्टमन्डले लगातार दोस्रो च्याम्प्यिन्स लिगको फाइनल गुमाएको छ । यसअघि सन् २०१३ मा टोली फाइनलमा जर्मन प्रतिद्वन्द्वी बायर्न म्युनिखसँग पराजित भएको थियो ।

रियलका म्यानेजर कार्लो एन्चेलोटीले प्रशिक्षकका रुपमा च्याम्पियन्स लिगको उपाधि जितेको यो रेकर्ड पाँचौँ पटक थियो । त्यस्तै, टोनी क्रुस, कार्भाहाल, नाचो र लुका मोड्रिचले पनि कीर्तिमान बराबरी गर्दै छैटौँ पटक उपाधि जित्न सफल भएका छन् ।

-एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img