spot_img
spot_img
spot_img

भारतीय निर्वाचनमा ६४ करोड २० लाख मतदाता सहभागी

spot_img

काठमाण्डौ ।

६ हप्ता लामो भारतीय निर्वाचनमा ६४ करोड २० लाख भारतीय मतदाताहरूले मतदान गरेको मुख्य निर्वाचन आयुक्त राजीव कुमारले सोमबार बताएका छन् । अधिकांश निर्वाचन सर्वेक्षण नतिजाले प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकाल जित्ने अनुमान गरिएको छ ।

आयुक्त कुमारले ६४ करोड २० लाख भारतीयले मतदान गरी विश्व कीर्तिमान बनाएको जिकिर गर्दै यो सबैका लागि ऐतिहासिक क्षण भएको बताए । कुल मतदातामध्ये लगभग आधा अर्थात् ३१ करोड २० लाख महिला मतदाताको सहभागिता रहेको छ । यसले भारतका मतदाताहरूको अविश्वसनीय शक्तिलाई देखाउने उनले उल्लेख गरे । आयोगको ९६ करोड ८० हजार योग्य मतदाताको तथ्याङ्कको आधारमा, योग्य मतदाताको ६६.३ प्रतिशत मतदान भएको र यो सन् २०१९ को निर्वाचनको तुलनामा थोरै कम रहेको जनाएको छ ।

मतदानमा केहीले एकाध स्थानमा उदासीनता, सनकीपनमाथि विश्वास गर्दै हिंसात्मक रूपमा प्रस्तुत हुन खोजेपनि निर्वाचनमा ‘हिंसाको कुनै ठुलो घटना नभएको’ प्रमुख निर्वाचन आयुक्त कुमारले बताए ।

आयोगका अनुसार सातौँ र अन्तिम चरणको मतदान शनिबार समाप्त भयो भने मङ्गलबार मतगणनाको नतिजा आउनेछ ।

अधिकांश ‘एक्जिट पोल’ ले मोदी विजयको बाटोमा रहेको देखाउँछ । प्रधानमन्त्री मोदीले आफ्नो सरकारलाई पुनः निर्वाचित गर्न भारतीय जनताले रेकर्ड सङ्ख्यामा मतदान गरेको कुरामा आफू विश्वस्त रहेको बताउँदै आएका छन् ।

भारतसँग गणना प्रक्रिया बलियो भएको र इलेक्ट्रोनिक मतदान मेसिनहरू प्रयोग गरी मतपत्रको छिटो गणना गर्न अनुमति दिइएको उनले बताए ।

निर्वाचनमा खटनपटनका लागि प्रशंसा

मुख्य निर्वाचन आयुक्त राजीव कुमारले चुनावको जटिल खटनपटनको लागि केन्द्र र राज्य सरकारहरूको प्रशंसा गर्दै ‘मतदाता नै वास्तविक विजेता रहेका’ बताए ।

उनले कूल मतदाताको सङ्ख्या बढेता पनि पछिल्लो आम चुनावको तुलनामा मतदानमा केही कमी आएको बताए । सोमबार पश्चिम बङ्गाल राज्यका दुईवटा मतदान केन्द्रमामा पुनः मतदान गरेपछि मात्र मतदानको अन्तिम तथ्याङ्क जारी गरिनेछ ।

आइतबार राजधानी दिल्लीका मुख्यमन्त्री र मोदीविरुद्ध प्रतिस्पर्धा गर्न गठन गरिएको गठबन्धनका प्रमुख नेता अरविन्द केजरीवाल उनलाई दिइएको सुविधा अनुसार निर्वाचनमा सहभागी भई जेल फर्किएका छन् ।

केजरीवाललाई लामो समयदेखि चलिरहेको भ्रष्टाचारको अनुसन्धानका लागि मार्चदेखि हिरासतमा राखिएकोमा २१ दिन पहिले रिहा गरी मतदान समाप्त हुदाँसम्म निर्वाचनमा प्रचार गर्न अनुमति दिइएको थियो । ‘जब सत्ता तानाशाही बन्छ, तब जेल एक जिम्मेवारी बन्छ’ भन्दै केजरीवालले आत्मसमर्पण गर्नुअघि जेलबाट ‘लडाइँ’ जारी राख्ने प्रतिबद्धता गरेका थिए ।

मोदीका राजनीतिक विरोधीहरू र अन्तर्राष्ट्रिय अधिकार समूहहरूले लामो समयदेखि भारतको लोकतन्त्रका लागि खतराहरूबारे चेतावनी दिएका छन् । अमेरिकी थिङ्क ट्याङ्क फ्रिडम हाउसले यस वर्ष भाजपाले ‘राजनीतिक विरोधीलाई लक्षित गर्न सरकारी संस्थाहरूको धेरै प्रयोग गरेको’ बताएको छ ।

-एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img