काठमाण्डौ ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदै हुनुहुन्छ । आज दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । विश्वासको मत लिनका लागि मुख्यमन्त्री यादवले मंगलबार प्रदेश सभा सचिवालयमा पत्र पठाउनुभएको थियो । उहाँले विश्वासको मत पाउने नदेखिएकाले विश्वासको मत लिने कि राजीनामा दिने भन्ने बारेमा आज दिउँसो बस्ने जसपा संसदीय दलको बैठकले तय गर्ने जनाइएको छ ।
गत वैशाख ३० गते एमाले र माओवादी केन्द्रले सरकार छाडेर समर्थन फिर्ता लिएका थिए । कुनै दलको विभाजन भएमा सरकारको नेतृत्व गर्ने दलका मुख्यमन्त्रीले ३० दिनभित्र वा सत्ताधारी दलले सरकारबाट समर्थन फिर्ता लिएको ३० दिनभित्र सदनबाट विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ ।