spot_img
spot_img
spot_img

फिफा विश्वकप छनोट खेलमा इराकको लगातार पाँचौँ जित

spot_img

काठमाण्डौ ।

फिफा विश्वकप–२०२६ अन्तर्गत एसियाली क्षेत्रको दोस्रो चरणको छनोट खेलमा बिहीबार इराकले इन्डोनेसियालाई २–० गोलले हराएको छ । समूह ‘एफ’ बाट इराक विश्वकप छनोटको तेस्रो चरणमा पुगिसकेको छ । दोस्रो चरणको छनोट प्रतियोगितामा इराकले लगातार पाँचौँ जित हात पारेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा इराकले दुबै गोल दोस्रो हाफमा गरेको थियो ।

निर्धारित समयको ५४औँ मिनेटमा इराकका लागि आइमेन हुसैनले पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए। निर्धारित समयको खेल सकिनुभन्दा दुई मिनेटअघि इराकका लागि अली जासिमले दोस्रो गोल थपेका थिए ।

पाँच खेल खेलेको इराक १५ अंकसहित तालिकाको पहिलो स्थानमा छ ।  पाँच खेलबाट सात अंक हात पारेको इन्डोनेसिया दोस्रो स्थानमा आसिन छ । चार खेलबाट तीन अंक जोडेको भियतनाम तेस्रो र चार खेलबाट एक अंक बटुलेको फिलिपिन्स चौथो स्थानमा रहेका छन् । -एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img