काठमाण्डौ ।
साताको कारोबारको अन्तिम दिन सुनको मूल्य १ हजार रुपैयाँले बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा थप १ हजार रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज शुक्रबार सुन तोलाको १ लाख ४५ हजार रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ८५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार बढेर १ हजार ९०० रुपैयाँमा कारोबार भएको हो।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??