spot_img
spot_img
spot_img

एआईले अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा मुस्लिम भनेपछी…..

spot_img

आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को जति प्रसंसा भैरहेको छ, त्यति नै त्यसका कमजोरीहरु पनि बाहिर आइरहेका छन् । गुगलको एआई त सार्वजनिक भएदेखि नै विवादमा छ । पछिल्लोपटक गुगलको AI Overview विवादमा परेको छ । दुईहप्ता अघि मात्रै लञ्च भएको यो एआई टूलले गलत जानकारी दिएपछि यसको आलोचना भएको छ ।

गुगलको यो एआई टूल AI Overview ले कुनै पनि विषय अर्थात् शीर्षकमा संक्षेपमा जानकारी प्रदान गर्दछ। यसै क्रममा यो टूलले अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा मुस्लिम धर्मावलम्बी भएको जनाएको छ । उसले बाराक ओबामाको नाम बाराक हुसेन ओबामा बताएको छ।गुगल एआईको यस्तो जवाफले कम्पनीका सीईओ सुन्दर पिचाई समेत हैरान बने । उनले भने- यसको के अर्थ छ र ? यो बकबास हो ।

त्यस्तै एकजना प्रयोगकर्ताले एआई ओभरभ्यूसँग पिज्जामा चिज नटाँसिएको भनेर बताउँदा पनि उसले अनौठो खालको तथा असान्दर्भिक जवाफ दियो । उसले सबैखाले सवालहरुको जवाफ यस्तै दिएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img