spot_img
spot_img
spot_img

नेकपा एमाले रुपन्देहीको अध्यक्षमा यज्ञ गैरे निर्विरोध निर्वाचित

spot_img

बुटवल ।

नेकपा (एमाले) जिल्ला कमिटी, रुपन्देहीको जारी १० औं अधिवेशनबाट अध्यक्षमा यज्ञ गैरे निर्विरोध निर्वाचित भएका छन । पार्टीको १० औं जिल्ला अधिवेसनको बन्दसत्रबाट सर्वसम्मत रुपमा आगमि ३ बर्षको लागि यज्ञ गैरेको नेत्तृत्वमा १४७ सदस्यिय जिल्ला नेतृत्व चयन भएको हो ।

अधिवेशनबाट उपाध्यक्षमा हितराज पन्थी र सचिव पदमा चित्रबहादुर कार्की, उप सचिवमा बाबुराम पन्थी र महिला तर्फको उप सचिवमा सुनिता ठठेर निर्विरोध चयन भएका छन ।

अधिवेशनमा अध्यक्षमा ५ जना मुख्य नेताहरु दावेदार रहेका थिए तर उनीहरु सबैले उम्मेलवारी फिर्ता लिदा सर्वसम्मत जिल्ला कमिटी चयन भएको छ ।

अध्यक्षमा दावेदार रहेका निवर्तमान अध्यक्ष तेजेन्द्र केसी र अर्को नेता खेम लुईटेल अहिलेको टीममा त अटाएनन् तर अन्तिम समयमा उनीहरु राजीखुसीका साथ सर्वसम्मत बनाउन तयार भए ।

अध्यक्ष बनेका यज्ञ गैरे तिलोत्तमा नगरपालिकाका हुन् । उनी लामो समय त्यहाँको भूगोलमा बसेर अन्य संघसंस्थामा जोडिएर काम गरेका छन् । उपाध्यक्ष बनेका हितराज पन्थी भैरहवाका हुन् । उनी पनि त्यो क्षेत्रमा लामो समयदेखि क्रियाशील छन् । सचिव बनेका चित्रबहादुर कार्की सैनामैनाका हुन् । त्यहाँका पूर्व मेयरसमेत रहेका उनी त्यहाँको सबै भूगोल बुझेका अनुभवी नेता हुन् ।

उपसचिव बनेका बाबुराम पन्थी बुटवलका हुन् । विद्यार्थी राजनीतिबाट राजनीतिमा आधार बनाएका उनी युवा समूहको प्रतिनिधित्व गर्दछन् । अर्को सहसचिव सुनिता ठठेर दक्षिणी क्षेत्रबाट प्रतिनिधित्व गर्दछिन् । पूर्वप्रदेश सांसद रहेकी उनी आधारभूत तहको राजनीति बुझेकी नेतृ हुन् । यसरी सबै क्षेत्र समेटिएका पदाधिकारी छानेर नेतृत्वले अधिकांश प्रतिनिधिको मन जितेका छन् ।

जिल्लाका १६ वटा पालिका र १५५ वडा, २३ जनसंगठनबाट र आयोजक कमिटीबाट गरी ८५३ जना प्रतिनिधि चयन भइ अधिवेशनमा सहभागी भएका थिए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img