काठमाण्डौ ।
भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिले आज आइतबार सपथ ग्रहण गरेका छन । सपथ लिए लगत्तै भारतमा नयाँ सरकार गठन भारतमा नयाँ सरकार गठन हुँदै छ । वारणासीबाट निर्वाचित भारतीय जनता पार्टी (भाजपा) का सांसद नरेन्द्र मोदीले लगातार तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिएसँगै उनले मन्त्रीपरिषद् पनि गठन गर्न लागेका हुन् ।
नरेन्द्र मोदीको पहिलो दुई कार्यकालमा भाजपाले स्पष्ट बहुमत पाएको थियो । तर यस पटक भने उनीले गठबन्धन सरकार चलाउनुपर्ने भएको छ । मोदीले गठबन्धन सरकार चलाउन लागेको यो पहिलो पटक हुनेछ । यसअघि मोदी सन् २००१ देखि २०१३ सम्म गुजरातको मुख्यमन्त्री बनेका थिए । सन् २०१४ देखि २०२४ सम्म उनी प्रधानमन्त्री रहे । दुवै कार्यकालमा भाजपाको बहुमतको सरकार थियो । कुनै पनि दलसँग स्पष्ट बहुमत नभएपछि भारतको संसदीय इतिहासमा १० वर्षपछि फेरि गठबन्धन सरकारको युग फर्किएको छ