spot_img
spot_img
spot_img

बंगलादेशमा ‘मेगा वृक्षारोपण’ अभियान शुरु

spot_img

काठमाण्डौ ।

बंगलादेश सरकारले यस वर्षको मनसुनयाममा आठ करोड वटाभन्दा बढी बिरुवा रोप्ने लक्ष्यका साथ ‘मेगा वार्षिक राष्ट्रव्यापी वृक्षारोपण’ अभियान शुरु गरेको छ । प्रधानमन्त्री शेख हसिनाले बंगबन्धु अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्राङ्गणबाट अभियानको शुभारम्भ गर्नुभएको हो ।

बिरुवा रोप्न र हुर्काउन सबैलाई आग्रह गर्दै उहाँले जलवायु परिवर्तनको प्रतिकुल असरबाट बंगलादेशलाई जोगाउनु पर्ने र त्यसका लागि आफ्नो सरकार कटिबद्ध रहेको बताउनुभयो ।

झन्डै दुई सय ५० नदीनालाले बगाएको र जलवायु परिवर्तनको प्रभावबाट अत्यधिक जोखिममा रहेको देशको वातावरण जोगाउन मानिसलाई उत्प्रेरित गर्न सन् १९९४ मा पहिलो पटक शुरु भएको महिना लामो वार्षिक अभियानलाई महत्वपूर्ण कार्यक्रमका रूपमा लिइन्छ ।

-एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img