spot_img
spot_img
spot_img

देवदहमा आयोजित राम नवामी मेलाको समिक्षा सम्पन्न

spot_img

बुटवल ।

कोलिय राज्य बुद्ध मावली क्षेत्र विकास समिती देवदह ४ भवानीपुरले सञ्चालन गरेको राम नवामी मेलाको समिक्षा सम्पन्न भएको छ । मेला कोलिय राज्य बुद्ध मावली क्षेत्र विकास समितीको आयोजना र देवदह नगरपालिकाको सहयोगमा बैशाख ३ देखी ५ गते सम्म मेला सञ्चालन गरिएको थियो ।

समिक्षा बैठकलाई सम्बोधन गर्दै देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलले देवदहको पहिचानको रुपमा रहेको भग्वान गौतम बुद्धको मावली स्थल भवानिपुरको विकासका लागि नगरपालिकाले आर्थिक व्यवस्थापन गर्ने बताउनुभयो । उहाले एतिहासिक भवानीपुरको जग्गा अतिक्रमण भएको र मुद्दा अक्तियारमा रहेकाले सो ठाउँको विकासका काम गर्न नपाएको बताउनुभयो।

बैठकमा देवदह नगरपालिका वडा नं ५ का वाडा अध्यक्ष तथा नगर प्रवक्ता गणेश डुम्रे, वडा नं ४ का वडा अध्यक्ष दमननाथ रेग्मी लगाएतले आ-आफ्नो भनाई राख्नु भएको थियो ।

बैठकमा मेलामा लागेको आए व्याए सार्वजनिक गरिएको छ । जस अन्तर्गत ३ लाख ६८ हजार आए र ३ लाख १२ हजार खर्च भएको समितिका कोषाध्यक्ष दिनेश चौधरीले सार्वजनिक गर्नुभएको थियो । जसमा देवदह नगरपालिकाबाट २ लाख ७४ हजार र बाकी अन्य क्षेत्रबाट आम्दानी रहेको थियो ।

बैठक कोलिय राज्य बुद्ध मावली क्षेत्र विकास समितीका अध्यक्ष लिला बल्लभ भट्टराईको अध्यक्षता, उपाध्यक्ष अमर पोखरेलको स्वागत र सचिव ज्ञान प्रसाद भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img