spot_img
spot_img
spot_img

उड्ने बित्तिकै विमानमा आगो लागेपछी…..

spot_img

काठमाण्डौ ।

टोरन्टो विमानस्थलबाट पेरिसका लागि उडान गरेको केही मिनेटमै एयर क्यानडाको विमानमा आगो लागेको छ । घटनाको समयमा विमानमा ३८९ जना यात्री र चालक दलका १३ सदस्य सवार थिए । यो घटना जुन ५ को भएको बताइएको छ । टोरन्टोबाट पेरिसतर्फ उडेको बोइङ ७७७ जेटमा आगो लागेको थियो । यो दृश्य क्यामरामा समेत कैद भएको थियो । उडेको केही मिनेटमै एयर ट्राफिक कन्ट्रोल (एटीसी)ले विमानको दायाँ इन्जिनबाट आगो निस्किरहेको देखे । यस घटनाको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल पनि भइरहेको छ ।

घटना अनेकौँ कारणले हुन सक्ने भए पनि इन्जिनबाट हावाको प्रवाहमा अवरोध उत्पन्न भएर आगो लागेको हुन सक्ने बताइएको छ । आगो लाग्ने बित्तिकै तुरुन्तै फ्लाइट क्रुलाई सूचित गरेर विमानलाई विमानस्थलमै फर्काइएको थियो । यात्रीहरुलाई सोही रात अर्को फ्लाइटबाट पठाइएको कम्पनीले बताएको छ । समस्या देखिएको बोइङ्लाई ग्राउन्डेड गरिएको छ । विमानको चेकजाँच भइरहेको छ । पछिल्लो केही समययता बोइङ ७७७ जेटमा एक पछि अर्को गर्दै समस्या आइरहेको छ । यी घटनाहरूले विमानको सुरक्षा र विश्वसनीयताबारे चिन्ता बढाएको छ ।

-एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img