काठमाडौं ।
टी–२० विश्वकप क्रिकेटअन्तर्गत नेपाल र श्रीलंकाको आजको खेल वर्षाका कारण रद्द भएको छ । अमेरिकाको फ्लोरिडामा लगातार वर्षा भएपछि खेल रद्द गर्नुपरेको हो । यो खेल रद्द भएसँगै नेपाल र श्रीलंका दुवै टोलीले एक एक अंक बाँडेका छन् । यो परिणामले दक्षिण अफ्रिकालाई सुपर आठमा पुग्ने पहिलो टोली बनाएको छ ।
समुह ‘डि’ मा तीन खेलबाट दक्षिण अफ्रिकाले ६ अंक जोडेको छ । दुई खेलबाट बंगलादेश र नेदरल्याण्ड्सले दुई दुई अंक जोडेका छन् भने नेपाल र श्रीलंकाको एक एक अंक छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??