spot_img
spot_img
spot_img

दिल्लीमा जल सङ्कट

spot_img

काठमाण्डौ ।

भारतको राजधानी दिल्लीमा यतिबेला जल सङ्कटको अवस्थाबाट गुज्रिरहेको छ । यसलाई ध्यानमा राख्दै दिल्ली सरकारले सबै क्षेत्रहरूमा अतिरिक्त जिल्ला मजिस्ट्रेट र डिभिजनल मजिस्ट्रेट स्तरका अधिकारीहरू खटाएको छ । यसको साथै हसीलदार र अन्य अधिकारीहरूको टोली पनि खटाइएको छ ।  यिनहरूले ‘द्रुत प्रतिक्रिया टोली’को रूपमा काम गर्नेछन् । यी टोलीहरूले खानेपानीको समस्या र पानीको ट्याङ्कीसम्बन्धी गुनासो तत्काल समाधान गर्नेछन् ।

दिल्लीका जलमन्त्री आतिशीले मुख्य सचिवलाई पत्र लेखेर मुख्य जल वितरण प्रणालीको अनुगमन र निरीक्षण सुनिश्चित गर्न निर्देशन दिएकी छिन् । यी टोलीले पानीको चुहावट नहोस् भनेर मुख्य खानेपानी पाइपलाइनको पनि निरीक्षण गर्ने बताइएको छ । पानी चुहिएमा १२ घण्टाभित्र मर्मत गर्न निर्देशन दिइएको छ ।

-एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img