spot_img
spot_img
spot_img

पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको ज्यान गयो

spot_img

ताप्लेजुङ ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गएराति पहिरोमा पुरिएर एकै परिवारका चार जनाको ज्यान गएको छ । पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, उनकी श्रीमती जसमाय र लिम्बू दम्पतीका छोरीहरू नौ वर्षीया गंगा र जमुनाको मृत्यु भएको फक्ताङलुङ गाउँपालिकाले जनाएको छ ।

४० वर्षीय युगेन लिम्बू र उनकी तीन वर्षीय छोरी घाइते भएका छन् । गत बुधबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा छवटा पुल पनि बगाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img