spot_img
spot_img
spot_img

२० जनालाई रोजगारी दिने व्यवसायीलाई ३ वर्षसम्म कर छुट दिने काठमाडौं महानगरको घोषणा

spot_img

काठमाण्डौ ।

आगामी आर्थिक वर्षदेखि काठमाण्डौ महा नगरपालिकाले कम्तीमा २० जनालाई रोजगारी दिने व्यवसायीलाई शुरुका तीन वर्ष व्यवसाय करमा शतप्रतिशत छुटको घोषणा गरेको छ ।

आज शुक्रबार काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर मेयर बोलन्द्र (बालेन) साहले यो घोषणा गर्नुभएको हो ।

यस्तै मेयर साहले काठमाडौं महानगरपालिकाबाट कार्यान्वयन हुने विकास निर्माणसम्बन्धि कार्यक्रममा आवश्यक जनशक्तिमध्ये कम्तिमा ३० प्रतिशत महानगरपालिकाको श्रम बैंकमार्फत आपूर्ति गरिने व्यवस्था मिलाइने बताउनुभयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img