spot_img
spot_img
spot_img

पेट्रोलियम पदार्थको मूल्य घट्यो

spot_img

काठमाडौं ।

शनिबार रातिदेखि नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ । हिजो बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाउने निर्णय गरेसङ्गै गत राती देखि यो मूल्य लागू भएको हो।

मूल्य घटेपछि काठमाडौं, पोखरा र दिपायललगायतका स्थानहरुमा पेट्रोलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ पर्नेछ। त्यस्तै सुर्खेत र दाङ वरपर प्रतिलिटर १६४ रुपैयाँ, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १६२ कायम हुने जनाइएको छ ।

त्यस्तै डिजल र मट्टीतेलमा काठमाडौं, पोखरा र दिपायललगायतका स्थानहरुमा प्रतिलिटर १५२ रुपैयाँ, सुर्खेत र दाङ वरपर १५१ र चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर १४९ रुपैयाँ पर्ने निगमले जनाएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img