spot_img
spot_img
spot_img

सामाजिक सेवा समूह देवदह प्यानलको अध्यक्षमा सुरेश सुनार चयन

spot_img

रुपन्देही ।

सामाजिक सेवा समूह फाउन्डेसन नेपाल देवदह प्यानलको अध्यक्षमा सुरेश सुनार (आविष्कार) चयन भएका छन। संस्थाको शनिबार सम्पन्न तेस्रो वार्षिक साधारणसभा एवम् पहिलो अधिवेशनले सुनारलाई आगामी दुई बर्षको लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा संस्थाको निवर्तमान सह सचिव अनिता क्षेत्रीलाई चयन गरेको छ । त्यस्तै सचीवमा सन्ध्या थापा र कोषाध्यक्षमा निकिता भट्टराई सर्वसम्मत चयन गरेको छ । यसैगरी सदस्यहरुमा प्रविन सारु, अञ्जु कुमारी चौधरी र एक जना पछि मनाेनित गरिने संस्थाले जनाएको छ ।

अधिवेशनमा केन्द्रिय समितिका कार्यवाहक अध्यक्ष रोहित वाग्ले, संस्थापक उपाध्यक्ष रबि रेग्मी, केन्द्रिय कोषाध्यक्ष तथा बुटवल शाखाका अध्यक्ष मदन पोख्रेल लगाएतको उपस्थिति रहेको थियो । संस्थाले आफ्नो स्थापना कालदेखि नै विशेष गरि शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img