spot_img
spot_img
spot_img

उत्तराखण्डमा पर्यटक चडेको गाडी नदीमा खस्यो, १४ जनाको मृत्यु

spot_img

काठमाण्डौ ।

भारतको उत्तरखन्ड राज्यमा पर्यटकहरू सवार एउटा गाडी दुर्घटनामा परेको छ । गुरुग्रामबाट उत्तराखण्ड घुम्न गएका पर्यटकहरू सवार गाडी दुर्घटनामा परेको हो । रुद्रप्रयाग नजिकै बद्रीनाथ राष्ट्रिय राजमार्गबाट पर्यटक बोकेको एउटा यात्रुवाहक गाडी अनियन्त्रित भई करिब ३०० मिटर तल अलकनंदा नदीको किनारमा खसेको थियो । यस दुर्घटनामा १४ जनाको मृत्यु भएको बताइएको छ । अन्य १२ जना घाइते भएका छन् ।

सो गाडीमा २६ जना यात्रु सवार थिए । सो ट्राभलर गाडी गुरुग्रामबाट तुंगानाथ–चोपटा जाँदै गर्दा शनिबार बिहान ११ः३० बजे रुद्रप्रयाग मुख्यालय नजिकै दुर्घटनामा परेको बताइएको छ । यस घटनामा १४ जनाको मृत्यु भएको पुष्टि भएको र ३ जनाको सनाखत हुन नसकेको बताइएको छ । गाडी सडकबाट करिब ३०० मिटर गहिरो भीरमा खसेको थियो । १० जनाको घटनास्थलमै मृत्यु भएको थियो । -एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img