काठमाडौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार परिवर्तनको हल्लामा सत्यता नभएको बताउनुभएको छ। भरतपुर विमानस्थलमा आज सोमबार पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले सरकार राम्रैसँग अगाडि बढ्ने उल्लेख गर्नुभएको हो ।
सरकारको सय दिन समग्र रुपमा सन्तोष जनक र राम्रो नै रहेको बताउदै उहाँले नीति तथा कार्यक्रम र बजेट जनताको र राष्ट्रको पक्षमा प्रस्तुत भएको र यो राम्रैसँग प्रतिनिधि सभाबाट पारित हुने बताउनुभयो । साथै प्रधानमन्त्री दाहालले अहिले आइजिपी पनि परिवर्तन नहुने बताउनुभयो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??