काठमाडौं ।
शेयर बजार आज मंगलबार पनि ओरालो लागेको छ । गत सातको अन्तिम कारोबार दिन बिहीबारदेखि घट्न थालेको बजार लगातार तेस्रो दिन पनि घटेको हो ।
बजार परिसूचक १८ दशमलव ७६ अंक घटेपछि नेप्से २ हजा ७६ को विन्दुमा झरेको छ भने आज कारोबार रकम पनि घटेको छ । यस्तै नेप्सेमा रहेका १३ वटै उपसमूहको परिसूचक घटेका छन् । जसमध्ये बैंकिङ्ग उपसमूह सर्वाधिक १ दशमलव १६ प्रतिशतले घटेको छ ।
मंगलबार ३१८ वटा स्टकको ९५ लाख ४४ हजार कित्ता शेयर ४ अर्ब ५ करोड ५७ लाख रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ । घटेको बजारमा पनि समाज लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कारोबार रकमका आधारमा आज बरुण हाइड्रोपावरको सर्वाधिक ११ करोड २७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।