spot_img
spot_img
spot_img

इटालीमा आप्रवासी चढेको डुंगा दुर्घटना, ११ जनाको मृत्यु

spot_img

काठमाण्डौ ।

इटालीको दक्षिणी तटमा आप्राबासीहरु चढेको दुईवटा डुंगा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी बेपत्ता भएका छन् । मृत्यु हुनेमा ६ जना बालबालिका रहेका छन् ।

पहिलो डुंगा इटलीको ल्याम्पेडुसा टापु र अर्को क्यालाब्रियाको तटबाट करिब १ सय २५ माइल नजिकै डुबिरहेको काठको डुंगाबाट ११ जनाको शव फेला परेको छ भने ५१ जनालाई जिउँदै उद्धार गरिएको छ । एकै दिनमा भएको दुवै दुर्घटनामा बेपत्ता भएका ६० जनामध्ये २६ जना बालबालिका रहेका छन् ।

दुर्घटना भएका डुंगाहरुमा लिबिया र टर्कीबाट आएका आप्रवासीहरू चढेको बताइएको छ । सिरिया, इजिप्ट, पाकिस्तान र बंगलादेशका आप्रवासीहरू बोकेको उक्त डुंगा लिबियाको बाटो हुँदै इटली तर्फ लागेका बेला दुर्घटना भएको संयुक्त राष्ट्रसंघको शरणार्थी निकाय यूएनएचसीआरले जनाएको छ । उद्धार गरिएकाहरुलाई इटालियन कोस्टगार्डको जिम्मा लगाइएको छ ।

-एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img