spot_img
spot_img
spot_img

स्कटल्यान्डसँग अंक बाँडेपछि स्विट्जरल्यान्ड दबाबमा

spot_img

काठमाण्डौ ।

युरो कप फुटबल प्रतियोगिताको बिहीबार बिहान सम्पन्न खेलमा स्कटल्यान्डले स्विट्जरल्यान्डलाई १–१ गोलको बराबरीमा रोकेको छ । स्कटल्यान्डसँग बराबरीमा रोकिएपछि स्विट्जरल्यान्डको नकआउट चरण यात्रा केही लम्बिएको छ । उक्त खेलमा विजयी भएको भए स्विट्जरल्यान्ड नकआउट चरणमा पुग्ने थियो । जर्मनी भने लगातार दोस्रो जितसँगै प्रतियोगिताको नकआउट चरणमा पुगिसकेको छ । समूह ‘ए’ मा चारवटै टोलीले दुई–दुई खेल खेलिसक्दा ६ अंकसहित जर्मनी पहिलो र चार अंकसहित स्विट्जरल्यान्ड दोस्रो स्थानमा छन् ।

एक अंकसहित स्कटल्यान्ड तेस्रो स्थानमा छ । स्कटल्यान्डले पनि अघिल्लो चरणमा पुग्ने सम्भावना जिवितै राखेको छ । लगातार दुई हारसँगै हंगेरीको भने समूहगत चरणबाटै घर फर्किने सम्भावना बढेको छ । खेलमा सुरुआती अग्रता स्कटल्यान्डले लिएको थियो । खेल सुरु भएको १३ औँ मिनेटमै स्कटल्यान्डका लागि स्कट म्याकटमिनीले पहिलो गोल गरेका थिए । तर, स्कटल्यान्डको त्यो अग्रता लामो समय टिक्न भने सकेन ।

निर्धारित समयको २६ औँ मिनेटमा स्विट्जरल्यान्डका लागि हेर्डन शाकिरीले जवाफी गोल फर्काए । प्रतिस्पर्धात्मक खेलमा त्यसपछि दुबै टोलीबाट थप गोल हुन सकेन । स्विट्जरल्यान्डले आफ्नो पहिलो खेलमा हंगेरीलाई ३–१ गोलले हराएको थियो । स्कटल्यान्ड भने आफ्नो पहिलो खेलमा जर्मनीसँग ५–१ गोलले पराजित भएको थियो । समूहगत चरणको अन्तिम खेलमा स्विट्जरल्यान्डले जर्मनीको सामना गर्नेछ । स्कटल्यान्डले भने आफ्नो अन्तिम खेल हंगेरीसँग खेल्नेछ ।

-एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img