spot_img
spot_img
spot_img

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल जमानतमा रिहा

spot_img

नयाँ दिल्ली ।

दिल्लीको राउज एभिन्यू अदालतले कथित रक्सी घोटाला मुद्दामा जेलमा रहेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जमानत दिएको छ। अवकाश न्यायाधीश न्याय बिन्दुले केजरीवाललाई जमानत दिने आदेश दिएका हुन। केजरीवालका अधिवक्ता विवेक जैनले अदालतले जमानत दिएको पुष्टि गरे । उनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतले अन्तरिम जमानत दिएको हो ।

केजरीवाल हाल दिल्लीको तिहाड जेलमा छन् । यसअघि अन्तरिम जमानतको अवधि सकिएपछि केजरीवाल २ जुनमा तिहाड जेल गएका थिए । उनी शुक्रबार जेलबाट बाहिर आउन सक्नेछन् । अर्कोतर्फ, प्रवर्तन निर्देशनालय (ईडी) ले जमानत विरुद्ध अपिल गर्न ४८ घण्टाको समय मागेको छ। अदालतले भोलि न्यायाधीशसमक्ष बहस गर्न सकिने बताएको छ । -एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img