spot_img
spot_img
spot_img

विश्वको सबैभन्दा अग्लो साइकल देख्नुभएको छ?

spot_img

काठमाण्डौ ।

फ्रान्सका दुई जना साइकलप्रेमीले गिनिज बुकमा नाम लेखाएका छन् । निकोलास बारियोज र डेभिड पेरोउले ७ दशमलव ७७ मिटर (२५ फिट ५ इन्च) अग्लो चलाउन मिल्ने साइकल बनाएका छन् । ५ वर्ष अघि पबमा रक्सी खाइरहेका समयमा दुईले सो साइकल बनाउने विचार गरेका थिए । सो साइकल बनाउन दुवैले महिनौँ खर्च गरे। धातुको अलोई, स्टिल, काठले चलाउन मिल्ने सो अनौठो साइकल बनाउन उनीहरू सयौँ घण्टा खर्च गरेका थिए ।

तर २५ फिट अग्लो को चढ्न मिल्ने साइकल बनाउनु साइकल चढ्नु जस्तो सजिलो त पक्कै थिएन । पेडललाई १६ मिटर (५३ फिट) लामो चेनसँग जोडिएको छ । साइकल अति नै अग्लो भएकोले यसलाई लड्न नदिन प्रतिघण्टा १५ देखि २० किमीको गतिमा दौडाउनु पर्छ ।  डेभिड र निकोलासले यो बाइक बनाउन २ वर्ष लगाएका थिए । यसलाई क्लेर्मन्ट–फेर्रान्ड सहरमा साइकल पर्वमा प्रदर्शनमा राखियो । साइकल चलाउन सकिन्छ भन्ने प्रमाणित गर्न डेभिडले निकोलसको सहयोग बिना सय मिटरको दुरीसम्म साइकल गुडाएर देखाएका थिए । -एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img