काठमाण्डौ ।
चीनका उपविदेशमन्त्री सुन वेइडोङ आजदेखि नेपालको तीन दिने औपचारिक भ्रमणका लागि काठमाडौं आउँदै आउनुहुने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसारभोलिदेखि काठमाडौंमा आयोजना हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६ औँ बैठकमा सहभागी हुन उहाँ नेपाल आउन लाग्नुभएको हो ।
भ्रमणका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल गरिने मन्त्रालयले जनाएको छ । नेपालका रहँदा चिनियाँ उपविदेशमन्त्री सुनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उपविदेशमन्त्री सुन बुधबार स्वदेश फर्कनु हुनेछ।