spot_img
spot_img
spot_img

देवदह नगरपालिकाद्वारा १ अर्व ५० करोडको बजेट सार्वजनिक

spot_img

देवदह ।

देवदह नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ५० करोड १० लाख ६५ हजार ५ सय बराबरको बजेट ल्याइएको छ । नगरसभाको १४औं नगरसभाको दोस्रो बैठकमा सोमबार उपप्रमुख विद्या लक्ष्मी गुरुङले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।

देवदहले आगामी आर्थिक वर्षमा आन्तरिक श्रोतबाट २५ करोड ४६ लाख ८८ हजार ५ सय राजस्व संकलन गर्ने अनुमान गरेको छ । बजेट प्रस्तुत गर्दै उपप्रमुख अर्यालले स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि, पशुपंक्षी विकास, मानव संसाधनको विकासका क्षेत्रलाई प्राथमिकता दिएर बजेट छुट्याइएको बताइन् ।

आगामी आर्थिक वर्षको बजेटमा कृषि सेवा तर्फ ५६ लाख, पर्यटन संस्कृति तथा सम्पदा तर्फ ५६ लाख, उद्योग तथा वाणिज्य तर्फ ५५ लाख, भूमि व्यवस्था तर्फ ६९ लाख, स्वास्थ्य तर्फ ७६ लाख ८१ हजार, युवा तथा खेलकुद तर्फ ४९ लाख ७० हजार बजेट विनियोजन गरेको छ ।

नगर प्रमुख ध्रुव प्रसाद खरेलले आर्थिक बर्ष २०८०/०८१ को प्रतिवेदन प्रस्तुत गर्दै यस आर्थिक बर्षमा कृषकहरुलाई निशुल्क विद्युत मिटर जडान गरिएको र नगर अस्पताल संचालन भएसंगै करिव ६७ हजार नागरिकले सेवा लिएको जानकारी दिए।  नगर सभा शाखा अधिकृत गंगाप्रसाद पन्थीको संचालनमा सम्पन्न भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img