धनगढी ।
कैलालीमा विद्यालय जाने क्रममा चट्याङ लागेर ३ बालिका गम्भीर घाइते भएका छन् । आज बुधबार बिहान विद्यालय जाने क्रममा घोडाघोडी नगरपालिका–९ बुदेनी बस्ने बालिकाहरु गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
घाईते हुनेमा ९ वर्षीया सरस्वती भुल, ७ वर्षीय पारु कठात र १० वर्षीया खिमा कठात रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुलाई मोहन्याम आधारभूत विद्यालय बुदेनीको गेटमा पुग्ने क्रममा चट्याङ लागेको थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??