spot_img
spot_img
spot_img

पहिलो पटक युरोकपमा सहभागी जर्जियासँग हार्‍यो पोर्चुगल

spot_img

काठमाण्डौ ।

पोर्चुगल युरोकप २०२४ अन्तर्गत समूह ‘एफ’ को अन्तिम खेलमा जर्जियासँग पराजित भएको छ । जर्मनीको गेल्सनकर्केनस्थित भेल्टिन्स एरिनामा बिहीबार बिहान भएको खेलमा पोर्चुगल २–० गोलले पराजित भएको हो। तर पराजित भए पनि पोर्चुगल समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । पोर्चुगल र टर्की समान ६–६ अङ्क भएको थियो । प्रशिक्षक रोबर्टो मार्टिनेजले टोलीमा आफ्नो दोस्रो रोजाइका खेलाडी अवसर दिएका थिए । जारी युरोकपमा गोलको खाता खोल्न नसकेका कप्तान क्रिस्टियानो रोनाल्डोलाई पहिलो रोजाइमा मैदान उतारे ।

खेलको दोस्रो मिनेटमा नेपोलीका विंगर क्विचा गोल गर्दै जर्जियालाई अग्रता दिलाए । पहिलो हाफमा एक शून्यले पछि परेको पोर्चुगलले दोस्रो हाफमा थप एक गोल खान पुगेको थियो । ५७औँ मिनेटमा जर्जियाले पेनाल्टीको अवसर पायो । पोर्चुगलका सिल्भाले पेनाल्टी क्षेत्रभित्र फल गरेपछि प्राप्त पेनाल्टीलाई मिकाउताद्जेले गोल गर्दै खेलमा २–० को अग्रता दिलाए । यही समूहको अर्को खेलमा टर्कीले चेक रिप्ब्लिकलाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ ।

पहिलो पटक युरोमा सहभागी भएको जर्जिया ४ अङ्कका साथ अन्तिम १६ मा प्रवेश गर्‍यो । यता, १ अङ्क जोडेको चेकरिपब्लिक भने बाहिरिएको छ ।

-एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img