spot_img
spot_img
spot_img

दक्षिण अफ्रिकामा तस्करबाट गैँडा जाेगाउन खागमा विषालु ‘चिप’ जडान गर्ने अभियान शुरु

spot_img

काठमाण्डौ ।

दक्षिण अफ्रिकाले एक सिङ्गे गैँडाको चोरी शिकारी रोक्न खागमा विषालु ‘चिप’ जडान गर्ने नयाँ अभियान शुरु गरेको छ । गैँडाको चोरी शिकारी रोक्न नसकेपछि वैज्ञानिकहरूले खाग अर्थात् सिङ्गमा ‘चिप’ जडान गर्ने उपायको प्रयोग शुरु गरेका प्रविधि प्रयोगबारे जानकारी दिने पत्रिका साईन्स अलर्ट ‘साइन्स अलर्ट‘ ले जनाएको छ ।

विश्वमै सबैभन्दा धेरै गैँडा पाइने दक्षिण अफ्रिकामा झन्डै १५ हजार वटा गैँडा रहेका अनुमान छ । अघिल्लो वर्ष अर्थात् सन् २०२३ मा दक्षिण अफ्रिकामा चोरी शिकारीबाट चार सय ९९ वटा गैँडा मारिएका त्यहाँको पर्यावरण मन्त्रालयले जनाएको छ । तस्करहरूले गैँडा मारेर त्यसको खाग लैजान्छन् । महँगो मूल्यमा किनबेच हुने गैँडाको खागबाट परम्परागत औषधिहरू बन्ने बताइन्छ ।

अहिले गैँडामा जडान गर्न लागिएको विषालु ‘चिप’ ले गैँडालाई कुनै हानी नगर्ने तर ‘चिप’ प्रयोग गरिएका खाग प्रयोग गर्न नमिल्ने वैज्ञानिकहरूको दाबी छ । अभियानअन्तर्गत शुरुमा २० वटा गैँडामा ‘रेडियो एक्टिभ चिप’ जडान भइसकेको छ । यो ‘चिप’ अन्तर्राष्ट्रिय नाकाहरूमा जडान गरिएका ‘न्युक्लियर डिटेक्टर मेशिन’ ले सजिलै पत्ता लगाउने भएकोले खाग अन्यत्र लैजान नसक्ने दक्षिण अफ्रिकाको पर्यावरण मन्त्रालयले जनाएको छ ।

तस्करहरूबाट गैँडा जोगाउन गरिएका अनेक उपायले काम नगरेको अवस्थामा यो उपायले काम गर्ने आशा रहेको संरक्षण अभियानकर्मीहरूले बताएका साइन्स अलर्टको खबरमा उल्लेख छ । -एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img