spot_img
spot_img
spot_img

चन्द्रमाको ढुंगा लिएर फर्कियो चिनियाँ अन्तरिक्ष यान

spot_img

काठमाण्डौ ।

चन्द्रमाको ढुंगा लिएर चिनियाँ चन्द्र यान चिनियाँ चन्द्र यान पृथ्वीमा फर्किएको छ । अहिलेसम्म कोही नपुगेको चन्द्रमाको सुदूर हिस्साको चट्टानहरू ल्याउन भनेर पठाइएको सो यान मंगलबार फकिएको हो । यस्तो खालको यो पहिलो प्रयास थियो । झन्डै दुई महिनाको मिसन पूरा गरेर चाङ्ग’इ–सिक्स भित्री मंगोलियाको मरुभूमिमा अवतरित भएको छ ।

पृथ्वीबाट देख्न नसकिने चन्द्रामाको सुदूर हिस्सामा यान अवतरण गर्ने चीन एक मात्रै देश हो । यसअघि सन् २०१९ मा पनि चीनले यो सफलता पाइसकेको थियो । दूरीका कारण पनि यहाँसम्म जानु नै निकै चुनौती पूर्ण काम हो । चन्द्रमाको यो हस्सिाको भूभागमा विशाल खाल्डाखुल्डी छन् । यहाँ समतल ठाउँ निकै कम छन् ।

यो भूभागप्रति वैज्ञानिकहरूको रुचि धेरै छ । यहाँ बरफको कुनै संकेत पाइन्छ कि भन्ने आशा उनीहरूको छ । यो मिसन चीनको लागि गर्वको विषय बनेको छ । चीनको यो मिसनले अमेरिका जस्ता प्रतिस्पर्धी देशहरूको समेत ध्यान खिचेको थियो ।

-एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img