spot_img
spot_img
spot_img

पाकिस्तानले खाद्य सुरक्षाका लागि उत्कृष्ट कृषि अभ्यासमा जोड दिने

spot_img

काठमाण्डौ ।

पाकिस्तानका राष्ट्रिय खाद्य सुरक्षा तथा अनुसन्धान मन्त्री राणा तनवीर हुसेनले उत्पादकत्व र खाद्य सुरक्षा वृदिका लागि देशले उत्कृष्ट कृषि अभ्यासमा ध्यान केन्द्रित गरिरहेको बताउनुभएको छ ।

खाद्य सुरक्षा वर्तमान समयमा प्रमुख विश्वव्यापी चुनौती भएको उल्लेख गर्दै उहाँले पाकिस्तानले कृषिमा विशेष ध्यान दिई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड निर्माण गरेको बताउनुभएको चिनियाँ समाचार संस्था सीएनएनले जनाएको छ ।

कृषि उत्पादनमा सुधार र प्रविधि हस्तान्तरण प्रयासमा विशेष गरी चीन लगायतका देशहरूसँगको सहकार्यलाई ध्यानमा राख्दै उत्पादन बढाउन कृषि क्षेत्रमा अनुसन्धान र आधुनिक प्रविधि समावेश गर्ने प्रयास भइरहेको उहाँले बताउनुभयो ।

विद्यार्थीलाई चीन पठाएर सीप सिकाउने र उत्पादन दोब्बर बनाउने योजना रहेको खाद्य सुरक्षा मन्त्री हुसेनले बताउनुभएको सिन्ह्वाको खबरमा उल्लेख छ । बाँझो जमिनलाई कृषियोग्य बनाउनेसहित थप जमिनलाई खेतीअन्तर्गत ल्याउने कदम लगायत किसानलाई अर्बाैँ रुपैयाँ ऋण प्रदान गरी नवीन योजना चलिरहेको उहाँको भनाइ छ । -एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img