काठमाण्डौ ।
सबै मन्त्री अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । आज सोमबार ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा अर्थ, गृह र शिक्षा मन्त्रीसँग प्रश्न उत्तर कार्यसूची थियो । बैठक सुरु भए लगतै नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले एक जना पनि मन्त्री अनुपस्थित रहेको भन्दै प्रश्न उठाउनुभयो ।
त्यसपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??