काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले संसदको सामना गरेर विश्वासको मत दिने धारणा राख्नुभएको छ । कांग्रेस-एमालेबीच नयाँ सत्ता समिकरण बनेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बसेको नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा उहाँले यस्तो बताउनुभएको हो ।
त्यसैले गरी बैठकले काँग्रेस–एमाले सत्ता समिकरणले संविधान संशोधन गर्ने सहमती गरेर २०४७ सालको संविधान व्यूत्याउने षडयन्त्र गरेको जिकिर गर्दै आपत्ति समेत जनाएको छ । बैठकमा नेताहरुले काँग्रेस, एमालेका केही नेताहरुसँग छलफल गरेर विश्वासको मत लिन सम्पूर्ण शक्ति परिचालन गर्न प्रधानमन्त्री दाहाललाई सुझाव दिएका थिए ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??